काठमाडौँ- आज साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गिरावट आएको छ । आज नेप्से ६.९० अंकले घटेर १ हजार ९ सय २६.४० विन्दु कायम भएको हो । गत साता को अन्तिम दिन बिहिबार पनि नेप्सेमा गिरावट आएको थियो । बिहिबार नेप्से ५.३२ अंकले घटेर १९३३.१ विन्दु कायम भएको हो ।
आज नेप्सेमा १ अर्ब ०६ कारेड ९८ लाख बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये ७४ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १२७ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै १२ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। आज नेप्से घटेपनि हिमालयन डिस्टीलेरी लिमिटेडको कारोबार अब्बल रह्यो ।
सेयर बजारमा सामान्य अंकले गिरावट आएतापनि तिन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आज मानुसी लघुवित्त, शुभम पावर र यनिक्यु नेपाल लघुवित्तको शेयरमा सर्किट लागेको छ । त्यस्तै, ग्रिन भेन्चर, एनआइबिएल लगायतका अन्य कम्पनीको शेयरमा सकरात्मक सुधार आएको छ।
आज सेयर बजारमा एक अर्ब ६ करोडमाथिको कारोबार हुँदा सर्वाधिक हिमालयन डिष्टिलरीको ६ करोड १० लाख रुपैयाँ माथिको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको ४ करोड ५ लाख, एनआइसी एशिया बैंकको ४ करोड, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ९१ लाख र नबिल बैंकको ३ करोड ९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
आज सेयर बजारमा सामान्य अंकले गिरावट आएसँगै सानिमा ग्रोथ फण्डको सबैभन्दा बढी प्रतिशतले सेयर मूल्य घटेको छ । त्यस्तै, सिर्जनशील लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, सबैको लघुवित्त, मिथिल्ला लघुवित्त लगायत अन्य कम्पनीको सेयर मूल्य घटेको छ ।