काठमाडौं – कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३० जना घाईते भएका छन् ।
सोमबार साँझ जोशीपुर गाउँपालिका वडा नं ७ हजारी बारामा से १ त ८८७० नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्याक्टर दुर्घटनामा भजनी नगरपालिका वडा नम्बर ९ कि १५ बर्षिया चाहाना चौधरी र सोही ठाउँकी ४५ बर्षिया दिलरानी चौधरीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार भजनी नगरपालिका वडा नं ९ कुडीका स्थानीयहरु ट्याक्टर दुर्घटनामा परी २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने ३० जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदीप चन्दका अनुसार बर्दगोरिया गाउँपालिका ६ सुगरखालका आफन्तको घरबाट पास्नी भोज खाएर भजनी नगरपालिका ९ कुणीतर्फ फर्किने क्रममा उनीहरू दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय जोशीपुरका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएकाहरुलाई उपचार गर्न बर्दगोरिया अस्पताल बौनिया र घोडाघोडी अस्पताल सुखड पठाईएको छ। ट्याक्टर चालक फरार भएको र खोजी कार्य भइरहेको प्रहरीले जनाएकाे छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।