काठमाण्डाै – काठमाण्डौ उपत्यकामा आज सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तीय संस्थाहरु खुल्ने छन् ।
काठमाण्डौ उपत्यकाबाहिर हुने कारोबार समेतलाई ध्यानमा राखेर बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंकिङ सेवा प्रभावित नहुने व्यवस्था मिलाउन बैंक–वित्तीय संस्थालाई निर्देशन दिएको हो ।
यस्तै, राहदानी विभागले घोडेजात्राको बिदाका दिन पनि सेवा दिने भएको छ । विभागका सूचना अधिकारी खिमानन्द भुसालले बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म विभाग खुल्ने र सेवा दिने बताउनुभयो । उहाँका अनुसार आजका लागि आठ सय जनाले राहदानीका लागि फारम भरेका छन् ।
Facebook Comments Box