काठमाडौँ – जनकपुर उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष र वडा सचिव ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई घुससहित पक्राउ गरेको हो ।
उनीहरूलाई राम जानकी हस्पिटलनजिकबाट घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको आयोगले जनाएको छ ।
जग्गा दर्ता कायम गर्ने सिलसिलामा उनीहरूले सेवाग्राहीबाट घुस लिएको आयोगका प्रवक्ता भोला दाहालले बताएका छन् ।
नियन्त्रणमा लिइएका चौधरी र रायमाथि थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box