धनगढी – त्रिनगर ट्राफिक प्रहरी पोस्टको राजस्व सङ्कलनमा वृद्धि भएको छ । धनगढीमा रहेको उक्त पोस्टमा माघ र फागुन महिनामा मात्रै २ लाख ९० हजार बराबरको राजस्व सङ्कलन भएको हो ।
पोस्टमा कार्तिक महिनामा ९३ सानाठूला सवारीसाधन कारबाही गरि ५३ हजार, मंसिरमा ६८ सानाठूला सवारीसाधन कारबाही गरि ३४ हजार र पुसमा ८० सानाठूला सवारीसाधन कारबाही गरि
४३ हजार गरि २०७९ कार्तिक, मंसिर र पुसमा जम्मा १ लाख ३० हजार राजस्व संकलन गरिएकोमा २०७९ माघमा ३१९ र फागुनमा १९७ सानाठूला सवारीसाधन कारबाही गरि २ लाख ९० हजार राजस्व सङ्कलन गरिएको प्रहरी नायव निरीक्षक नरिभानसिंह साउँदले बताए ।
Facebook Comments Box