पाँचथर – फिदिम नगरपालिकामा कार्यरत एक जना अधिकृत मृत भेटिएका छन् ।
उक्त नगरपालिकामा कार्यरत स्वास्थ्य सेवाका अधिकृत प्रवेशकुमार श्रेष्ठ ओछ्यानमै मृत भेटिएका हुन् । उनको ह्रदयघातका कारण निधन भएको हुनसक्ने अनुमान गरिएको छ ।
बिहीबार करिब साढे १० बजेसम्म पनि कार्यालयमा उपस्थित नभएपछि खोज्न जाँदा उनलाई नगरपालिकाका कर्मचारीले मृत फेला पारेका हुन् । श्रेष्ठले नगरपालिकाको स्वास्थ्य शाखाको सह-संयोजकको जिम्मेवारी सम्हालेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
Facebook Comments Box