आज दिउँसाे काेशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङनसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । तर यस्ताे वर्षा धेरैबेर हुने छैन ।
‘एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना छ’, महाशाखाकाे सूचनामा भनिएकाे छ । अन्य प्रदेशकाे माैसम दिउँसाे सफा नै रहने पूर्वानुमान छ ।
राति भने गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा चट्याङसहित पानी पर्न सक्छ । पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।
देशमा अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको माैसम विश्लेषण छ ।
Facebook Comments Box