काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा भेटवार्ता भएको छ।
समसामयिक राजनीतिक घटनाक्रम, मन्त्रिपरिषद् बिस्तारलगायत विषयमा उनीहरूबीच कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन अझै सकेका छैनन् ।
Facebook Comments Box