काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिएको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।
आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले नापी कार्यालय मनमैजुका लेखापढी व्यवसायी अभिषेक कार्की र सर्वेक्षक रमेश उपरकोटीलाई पक्राउ गरेको हो ।
कित्ताकाट गर्न सहजीकरण गरेबापत घुस लिएको आरोपमा उपरकोटी आफ्नै कार्यकक्षबाट र कार्की १ लाख ७५ हजारसहित लेखापढी कार्यालयबाट पक्राउ परेको आयोगले जनाएको छ ।
Facebook Comments Box