धनगढी – कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला तथा नगर उद्योग वाणिज्य संघको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।
महासंघको यही चैत्र २८ र २९ गते हुने ५७ औं वार्षिक चुनावी साधारण सभामा केन्द्रीय सदस्यमा कुँवरले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै उम्मेदवारी दिने घोषणा गरेका हुन्। तर उनले आफू कुन प्यानलबाट उम्मेदवार बन्ने भन्ने खुलाएका छैनन्।
उनले सुदूरपश्चिमबाट खुल्ला तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने जानकारी दिए सुदूरपश्चिमका उद्योगी व्यवसायीहरुको व्यवसायिक समस्याहरुलाई निर्णायक र नीतिगत समाधानतर्फ लैजानका लागि आफ्नो उम्मेदवारी रहको अध्यक्ष कुँवरले बताए।
कुँवर महासंघको केन्द्रीय सदस्यमा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिन लागेका हुन् । उनी बर्तमान केन्द्रीय समिति सदस्य समेत हुन्।
त्यस्तै उनका अनुसार निर्वाचनमा सुदूरपश्चिमबाट ११ जनाले भोट हाल्न पाउने छन्।