काठमाडौँ – नेपाली सेनाको नेतृत्वमा यस वर्ष पनि हिमाल सफा गरिने भएको छ। ‘सफा हिमाल अभियान २०२३’ को टोलीलाई मंगलबार सैनिक मुख्यालय जंगी अड्डामा एक कार्यक्रमकाबीच झण्डा हस्तान्तरण गर्दै बिदाई गरिएको छ।
प्रधानसेनापति प्रभुराम शर्माले हिमाल सफा गर्न जाने टोलीलाई यस वर्षको अभियान सुरु गर्दै गत वर्ष हिमाल सफा गर्ने टोलीलाई सम्मान गरेका छन्।
‘सफा हिमाल अभियान २०२२’योगदान पुर्याउने व्यक्तिहरुलाई प्रधान सेनापति प्रशंसा निशान प्रदान गरिएको छ।
नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत नेपाली सेनाको अगुवाइमा सञ्चालन हुने अभियानमा वन तथा वातावरण मन्त्रालय, केही स्थानीय निकाय, विभिन्न संघ संस्थाको सहयोग रहेको छ।
अभियान अन्तरगत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट करिब ३५ टन फोहोर संकलन गर्ने लक्ष्य रहेको छ। सेनाको नेतृत्वमा सन् २०१९ देखि सफा हिमाल अभियाृन सञ्चालन हुँदै आएको छ।
विश्व वातावरण दिवश जुन ५ मा समापन हुने अभियानले विश्वव्यापी चुनौतीको रुपमा रहेको वातावरणीय प्रदुषण तथा विश्व तापमानको असरलाई केही हदसम्म न्यून गर्न सहयोग पुग्ने सेनाको विश्वास छ।