काठमाडौँ – गठबन्धनका शीर्ष नेताहरुले मन्त्रालय भागबन्डा टुङ्ग्याएको छ।
बुधबार साँझ बालुवाटारमा बसेको बैठकले कुन दललाई कति मन्त्रालय भन्ने समझदारी जुटाएको एक नेताले जानकारी दिए ।
गठबन्धन बैठकमा काँग्रेसलाई ८, माओवादीलाई ५, एकीकृत समाजवादी र जसपालाई २-२ मन्त्रालय दिने सहमति भएको छ ।
त्यस्तै लोसपा, नागरिक उन्मुक्ति, जनमतलाई १-१ मन्त्रालय दिने सहमति भएको छ ।
अब सबै पार्टीले आ–आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्रीहरूको दिएपछि मन्त्रीहरूको शपथ हुने छ ।
२ मन्त्री र एउटा राज्यमन्त्रीको विषयमा भने केही दिनमा टुङ्गो लाग्ने बताइएको छ ।
Facebook Comments Box