काठमाडौँ – साइबर अपराध गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार ९ जना चिनिया नागरिक र १० जना नेपाली नागरिकसहित १९ जनालाई पक्राउ गरेको छ ।
बुधबार पत्रकार सम्मेलन गरेर प्रहरीले चिनियाँ नागरिकको गिरफ्तारीबारे जानकारी दिएको हो ।
उनीहरूलाई सञ्चारकर्मीमाझ सार्वजनिक गर्दा चिनियाँ नागरिकले विरोध गरेका थिए । उनीहरूले उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वर परिसरमै नाराबाजी नै गरे । हत्कडीसहित बाहिर ल्याइएका उनीहरूले कार्यालय परिसरमा नै सुतेर विरोध जनाएका थिए ।
तस्बिर खिच्न खोज्नेलाई समेत उनीहरूले दुर्व्यवहार गर्न खोजेका थिए । अपराध अनुसन्धान कार्यालयले काठमाडौँको महादेवखोला र चण्डोलमा कार्यालय राखेर अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box