हुम्ला- हुम्लामा रुघाखोकीका बिरामी बढ्न थालेका छन् । जिल्ला अस्पतालमा रुघाखोकी र श्वासप्रश्वासबाट बिरामी भएकाहरु उपचारका लागि आउने क्रम बढ्न थालेको हो । मौसममा एक्कासी आएको परिवर्तनका कारण बिरामी दैनिक बढिरहेका जिल्ला अस्पताल हुम्लाकी सिनियर अनमी सरीता बोहराले बताइन् ।
“दैनिक ८० देखि ९० सम्म बिरामी उपचारका लागि आउने गरेका छन् । जटिल प्रकृतिका बिमारीलाई भर्ना गरेर राख्नुपर्ने भए पनि शय्याको अभाव हुन थालेको छ”, उनले भनिन् । सङ्ख्या बढेपछि भुइँमा राखेर बिरामीको उपचार गर्नुपरिरहेको बोहराले बताइन् ।
प्रदेश सरकारबाट उपलब्ध १० लाख रुपैयाँ बराबरको औषधि दुई महिनाभन्दा बढी समयलाई नपुग्ने अस्पतालका स्टोरकिपर मनिकृष्ण जैसीले बताए । बजेट अभावका कारण औषधि खरिद गर्न नसकिएको उनले बताए ।
Facebook Comments Box