धनगढी – राष्ट्रिय युवा संघ नेपाल कैलालीको उपाध्यक्षमा धनगढीका डेबिड खड्का सर्वसम्मत चयन भएका छन् ।
शनिबार घोडाघोडी नगरपालिकाको सुखडमा सम्पन्न राष्ट्रिय युवा संघको नवौँ जिल्ला अधिवेशनबाट खड्का उपाध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
विगत एक दशकदेखि राष्ट्रिय युवा संघको राजनीतिमा सक्रिय रहेका खड्काले धनगढी उपमहानगरपालिकाको नगर कमिटि कोषाध्यक्ष, जिल्ला कमिटि सदस्य तथा दुई कार्यकाल सचिवालय सदस्यका रुपमा समेत काम गरिसकेका छन् ।
उनले आफ्नो कार्यकालमा युवा संघलाई कैलालीमा थप बलियो बनाउनेगरी सबैसँग समन्वय र सहकार्य गरेर काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
Facebook Comments Box