धनगढी- कैलालीमा सिँचाई नहरमा डुबेर एक किशोरीको मृत्यु भएको छ।
जिल्लाको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटाका नागमलनाथ योगीको छोरी सिँचाई नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
१४ वर्षीया सिर्जना नाथ योगीको रानी–जमरा–कुलरिया सिँचाई नहरमा पौडी खेल्नेक्रमा मृत्यु भएको प्रहरीले बताएको छ।
आइतबार दिउँसो उनको मृत्यु भएको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box