कैलाली – सुदूरपश्चिम प्रदेशमा सोमबार चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
तीन सय ७४ जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा तीन जना र २८ जनाको पिसिआर विधिबाट गरिएको परिक्षणमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएकामा चारै जना कैलाली जिल्लाका रहेको जनाएको छ।
Facebook Comments Box