धनगढी । सुदूरपश्चिमका स्थानीय सरकार प्रमुखले प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् । प्रदेशको आर्थिक मामिला मन्त्रालयले आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुले प्रदेश सरकार भ्रष्ट रहेको आरोप लगाएका हुन् ।
उनीहरुले प्रदेश र संघीय सरकारले स्थानीय तहको अस्तित्व समेत स्वीकार्न नसकेको बताउदै समन्वय र सहकार्यको समेत अभाव देखिएको बताए । कञ्चनपुरको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले प्रदेश सरकारले योजना खरिदबिक्री गरेको आरोप लगाए ।
Facebook Comments Box