सामाजिक सञ्जाल ट्विरको लोगो परिवर्तन भएको छ । यस अघि नीलो चरो रहेकोमा अहिले कुकुर राखिएको छ ।
ट्विटर खरिद गरी स्वामित्व लिएका एलन मस्कले ट्विटरको लोगोबाट नीलो चरोलाई हटाएर एक कुकुरलाई राखेका न्युयोर्क टाइम्सले जनाएको छ । गएको अक्टोबरमा ट्विटर खरिद गरेका अमेरिकी अर्वपति मस्कले ट्विटरमा विभिन्न परिवर्तन गर्दै आउनुभएको छ । अकाउण्ट भेरिफाई अर्थात ब्लु टिकटका लागि पैसा तिर्नुपर्ने, कर्मचारी कटौती, सिओलाई हटाउने लगायतका निर्णय गरेका मस्कले लोगो नै परिवर्तन गर्नुभएको हो ।
मस्कले आफ्नाे ट्विटर ह्याण्डलमा एक तस्बिर(कार्टुन) राखेर यसबारे जानकारी पनि गराउनुभएकाे छ । चराकाे लाेगाे पुरानाे भएकाले नयाँ लाेगाे प्रयाेग गरिएकाे त्याे कार्टुनले देखाउँछ ।
झण्डै ४४ अर्ब अमेरिकी डलरमा ट्विटर खरिद गरेका मस्कले केही दिन अघि ट्विटरको मूल्य २० अर्ब डलर रहेको बताउनुभएको थियो । ट्विटर खरिदपछि मस्कको सम्पत्ति घटिरहेको छ ।