डोटी– डोटीमा सुत्केरीलाई पोषणयुक्त खानेकुरासँगै न्यानो कम्बल वितरण गरिएको छ। डोटीको शिखर नगरपालिकाले २२५ जना सुत्केरीलाई पोषणयुक्त खानेकुरा, सरसफाइका सामग्री र न्यानो लुगा वितरण गरेको हो। उपमेयरसँग महिला कार्यक्रमअन्तर्गत एक दिनदेखि तीन महिनासम्मका सुत्केरीलाई पोषणयुक्त खानेकुरासँगै न्यानो कम्मल वितरण गरिएको स्वास्थ्य शाखा संयोजक हरिश शाहले बताए।
पोषणयुक्त खानेकुरा खाने र सरसफाइ गर्ने बानीको विकास होस् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको नगरउपप्रमुख सुनिता रावलले बताइन्। सुत्केरीलाई नगरपालिकाले अण्डा, दाल घ्युजस्ता खानेकुरा पनि उपलब्ध गराएको छ।
Facebook Comments Box