धनगढी – सेती प्रादेशिक अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी छनौटमा चलखेल भइरहेको आरोप लागेको छ ।
प्रादेशिक अस्पतालले चिकित्सक, नर्सिङ कर्मचारी, अहेव, अनमी, ल्याब टेक्निसियिन लगायतको पदपुर्ति गर्ने भन्दै ७१ जनाका लागि विज्ञापन आह्वान गरेकोमा भर्ना प्रक्रियामा चलखेल भइरहेको आरोप लागेको हो ।
६ चैतमा अस्पताल प्रशासनले ७ दिने सार्वजनिक सूचना जारी गर्दै ८ जना नवौँ तहका विशेषज्ञ चिकित्सक, ६ जना मेडिकल अधिकृत, ३५ जना स्टाफ नर्ससहितका ७१ जनाका लागि दरखास्त माग गरेको थियो । सबै पदहरुमा एक हजार ८३ जनाले आवेदन दिएका छन् ।
अस्पतालले करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन मापदण्ड २०७९ अनुसार माग गरिएका कर्मचारी पदपुर्ति गर्नुपर्ने भएपनि आर्थिक र राजनीतिक चलखेल व्यापक भइरहेको कुरा सार्वजनिक भएको छ ।
Facebook Comments Box