धनगढी । कैलालीमा लागुऔषध खैरो हेरोईनसहित दुई जना पक्राउ परेका छन् ।
जिल्लाको भजनी नगरपालिका–५ कौवाखेडामा भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा लागुऔषधसहित बर्दगोरिया गाउँपालिका–४ बस्ने १८ वर्षीय आनन्द ठकुरी र २३ वर्षीय दिपेन्द्र बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले ठकुरीले चलाएको ना ४१ प ८४६० नंम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा १८ ग्राम लागुऔषध खैरो हेरोईनसहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । दुबै जनालाई इलाका प्रहरी कार्यालय भजनीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box