बैतडी – बैतडीमा पहिलो पटक स्थानीय भाषामा पाठ्यक्रम तयार पारिएको छ ।
जिल्लाको दशरथचन्द नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि लागू गर्ने गरेर स्थानीय पाठ्यक्रम तयार पारेको हो । कक्षा १ देखि ३ सम्म स्थानीय भाषा अर्थात ‘डोटेली’ भाषामा पाठ्यक्रम तयार पारिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिश भट्टले बताए।
पाठ्यक्रममा स्थानीय भाषा, भेषभुषा, कला संस्कृति, धार्मिक तथा पर्यटकीय क्षेत्रका बिषयमा समेटिएको उनले बताए।
नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ) र संघीय सांसद दामोदर भण्डारीले संयुक्त रुपमा पाठ्यक्रम सार्वजनिक गरेका हुन्। स्थानीय सरकारले स्थानीय पाठ्यक्रम निर्माण गर्न सक्ने भएकाले पाठ्यक्रम तयार पारिएको हो।
Facebook Comments Box