काठमाडौं – सेना र प्रहरीमाजागिर लगाइदिने भन्दै ४८ लाख ठगी भएको खुलासाभएको छ । सुर्खेत भेरीगङ्गानगरपालिका ३ कीलक्ष्मी सुनारले, प्रहरीमाजागिर लगाइदिने तथाशान्ति सेनामा पठाइदिने आश्वासनदिँदै आफूबाट करिब ४८ लाख ठगेको बताएकीहुन् ।
काठमाडौंको रिपोर्टर्स क्लबमापत्रकार सम्मेलन गर्दै पीडितले, जाजरकोट स्थायी ठेगानाबताउने किरण शाही ठकुरीले आफू सहित १८ जनाको ४८ लाख रुपैयाँ गठी गरेको बताएन । शाहीले, आफ्नो श्रीमान् सहित अन्यपाँचजनालाई शान्ति सेनामा पठाउने भन्दै प्रतिव्यक्ति तीन लाखको दरले पैसा लिएर फरार भएको पीडित सुनारले बताइन् ।
उनले भनिन् ‘ मेरो पसलमा आउँदा किरण शाही ठकुरीसँग मेरो सामान्य चिनजानमात्रथियो । गतवर्ष पुस २८ गते उहाँले तपाईँहरूको कोहीआफन्त छ भने शान्ति सेना पठाइदिन्छु भन्नुभयो । तपाईँको नागरिताहरु केहीपाउ न भनेको हुन्छ भन्नुभयो र शान्ति सेना जाने मान्छेको पैसा तयार गर्नु भयो । मेरो श्रीमान् लगायतपाँच जनाबाट तीन÷तीनलाख पैसाशान्ति सेना पठाउँछु भनेर उठाउनुभयो । उहाँले अर्को सर रामकृष्ण थापासँग कुरा गराउनुभयो । पैसालिएर आउनभन्नुभयो । पैसादिएलिएर गएपछि एक वर्षपछि मात्रै पालो आउँछ भन्नुभयो ।’
सुनारले, आफूले बीचमाकामबारे सोध्दा किरणले हुदैँछ भनेर आश्वासनदिएको बताइन्। विश्वासमा परेर सेना र प्रहरीमाभर्ती खुलेको बेलाजागिर लगाइने आश्वासनदिएकाले थप रकमदिएको उनको भनाई छ ।
पीडित सुनारका अनुसार मङ्सिर सम्म सबै काम हुन्छ भनेका शाहीअहिलेसम्म सम्पर्कमा नआएपछि आफू ठगिएछु भन्ने पत्तो लागेको उनको गुनासो छ ।
उनले भनिन्, ‘फेरी बिचमाआर्मी पुलिसमाफर्म खुलेको छ । सेनामाभर्ती हुने कोहीभए पठाउनुस् भन्नुभयो पैसा पठाइदिए । त्यसपछि ७महिनासम्मचुनावआयो भन्दै के के भन्दै झुलाएर राख्नु भयो फेरी मङ्सिर १ गतेसम्म कुर्नु भन्नुभयो । त्यसपछि बिस्तारै हामीबाट टाढा हुनखोजेको जस्तो महसुस भयो । सुरु देखि मसँग सम्पर्क हुने नम्बर परिवर्तन गर्नु भयो अहिले सम्पर्कमा हुनु हुन्नफोन पनिलाग्दैन ।’
उनीहरूले नौ लाखको चेकसमेत दिएर पैसा नहाल्दीएको पनिउनले बताइन् ।
पीडित सुनारकै मध्यस्थतामाउक्तगिरोहले सेनामाभर्ना गरिदिने भन्दै सुनिल बिक, सन्देश सुनुवार, मोहन घर्ती, अर्जुन बुढा, दीपक नेपाली, रेशम नेपालीलाई सेनामा भर्ती गरिदिने भन्दै प्रतिव्यक्ति ३ लाख रुपैयाँअसुलेको उनले बताइन् ।
त्यस्तै प्रहरी जवानमाभर्ती गरिदिने भन्दै शान्ति परियार, समीर खत्री, सुदीप बिक, नवीन बिक, सुरज यादव लगायत काव्यक्तिहरुसँग समेत शाहिले पैसा लिएको पीडितले बताएकी छिन् ।
Facebook Comments Box