काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा २ जना सरकारी साक्षी बुझ्न आदेश दिएको छ ।
आइतबार जिल्ला अदालतका न्यायाधीश शङ्कर राज बरालको इजलासले उक्त आदेश दिएको हो।
लामिछानेका वकिल मुरारी सापकोटाले वादी पक्षले दुई जना साक्षीको बकपत्र नभएकाले तिनलाई बुझ्ने आदेश गरिपाउँ भन्दै निवेदन दिएका थिए । उनीहरूले दिएको सोही निवेदन अनुसार अदालतले आदेश दिएको हो ।
Facebook Comments Box