काठमाडौँ – कोरोना संक्रमणका कारण ३ महिनापछि मङ्गलवार एक जनाको मृत्यु भएको छ ।
वीर अस्पतालमा उपचाररत ७८ वर्षका पुरुषको मङ्गलवार बिहान मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उनी करिब ३ साताअघि अस्पताल भर्ना भएका थिए ।
यसअघि कोरोना संक्रमणबाट २३ पुसमा एक जनाको मृत्यु भएको थियो । मङ्गलवार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
Facebook Comments Box