काठमाडौँ – प्रदीपलाल श्रेष्ठ साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको अध्यक्षमा नियुक्त भएका छन् ।
चैत ०७१ देखि सञ्चालक समिति सदस्यका रूपमा कार्यरत श्रेष्ठलाई कम्पनी सञ्चालक समिति बैठकले अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी कर्पोरेसनमातहतको मोरङ सुगर लिमिटेडको अध्यक्षका रूपमा समेत कार्य गरिरहेका छन् ।
सरकारको आंशिक लगानी रहेको साल्ट ट्रेडिङले देशभर नुन बिक्री–वितरणको एकाधिकार लिँदै आएको छ । कर्पोरेसनले विकट जिल्लाहरूमा सरकारी अनुदान लिएर नुन ढुवानीसमेत गर्दै आएको छ । यसका अलाबा कर्पोरेसनले दैनिक उपभोग्य खाद्यान्न, ग्यास, रासायनिक मललगायतको कारोबार पनि गर्दै आएको छ ।
Facebook Comments Box