काठमाडौँ : पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ सय ८८ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ७४ जना संक्रमणमुक्त भएका छन् ।
मंगलबार र बुधबार एक एक जनाको मृत्यु भएको थियो । कोरोनाको नयाँ भेरियन्ट आएसँगै संक्रमण बढिरहेको छ ।
Facebook Comments Box