काठमाडौं – मिटरब्याजी पीडितले सरकारसँगको वार्ता भंग भएको घोषणा गरेका छन् ।
गृह मन्त्रालयमा बिहीबार भएको वार्ता सहमति नभएपछि सरकार र मिटरब्याज पीडितबीचको वार्ता भंग भएको हो ।
सरकारले आफूहरुको माग सम्बोधन गर्न नचाहेकाले वार्ता भंग गरिएको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले जनाएको छ ।
मिटरब्याज पीडितहरु महोत्तरीसहितका स्थानबाट काठमाडौं आएर आन्दोलन गरिरहेका छन् ।
Facebook Comments Box