काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठुला पूर्वाधार परियोजनामा लगानी केन्द्रित दिएका छन् ।
बिहीबार लगानी बोर्ड नेपालको बैठकमा बोल्दै उनले दिगो विकासको लक्ष्यलाई समयमै प्राप्त गरी उच्च मध्यम आयको मुलुकमा स्तरोन्नति हुन ठूलो लगानीको आवश्यकता रहेको बताए ।
साथै उनले वैदेशिक पुँजी तथा प्रविधि भित्राई स्वदेशमै रोजगारी सिर्जना गर्ने, उत्पादन र उत्पादकत्व बढाउने तथा आयात प्रतिस्थापन गरी निर्यात प्रवर्धन गर्नेतर्फ लगानीलाई केन्द्रित गर्नुपर्ने उनको भनाइ छ ।
Facebook Comments Box