काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज (शुक्रबार) देखि प्रत्येक शुक्रबार पार्टीका नेता तथा कार्यकर्तालाई केन्द्रीय कार्यालय पेरिसडाँडामा भेट्नु हुने भएकाे छ ।
त्यसकारण अहिले उहाँ बिहान ८ बजे नै पेरिसडाँडा पुगिसक्नुभएकाे हाे । नेकपा माओवादी केन्द्रले २०८० साल वैशाख १ गतेदेखि प्रधानमन्त्रीसँगै माओवादीबाट मन्त्री बनेकाहरुलाई केन्द्रीय कार्यालय पेरिसडाँडामै भेट्ने व्यवस्था मिलाउने निर्णय यसअघि गरेको थियो । सोही अनुसार प्रधानमन्त्री दाहाल बिहानै केन्द्रीय कार्यालय पुग्नु भएकाे हाे ।
माओवादीका मन्त्रीहरुसँग भने अपराह्न ४ बजेदेखि ६ बजेसम्म भेट्ने समय निर्धारण गरिएको माओवादी केन्द्रका एक नेताले बताए । कार्यालय समयमा मन्त्रीहरुलाई काममा अवराेध नहोस् र मन्त्रीहरुले सरकारकै काममा ध्यान दिउन भनेर अपराह्न ४ बजे पछिको समय पार्टी कार्यालयमा दिने व्यवस्था मिलाइएको ति नेताले बताएका हुन् ।