काठमाडौं – सरकारले विभूषण तयार गर्न तीन वर्षमा ३४ करोड ५८ लाख खर्चिएको छ । मानपदवी, अलंकार र पदक तयार गर्न तीन वर्षमा सो रकम खर्च भएको महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई विभूषित गर्न तीन वर्षको अवधिमा चार प्रकारका १२ श्रेणीका मानपदवी, ९ प्रकारका अलंकार र १३ प्रकारका पदक तयार पारिएको हो । मन्त्रिपरिषदबाट २०७६/७७ मा ६३३ जना , २०७७/०८८ मा ५९३ जना र २०७९ मा ८८७ जनालाई विभूषित गर्ने निर्यण गरेको थियो । यसैगरी २०७९/८०मा ९८२ जनालाई विभूषित गर्ने मन्त्रिपरिषदले निर्णय गरेको थियो ।
घोषणा गरेका विभूषण तयार गर्न २०७६ मा १५ करोड ८६ लाख, २०७७ /०७८ मा १० करोड २२ लाख र २०७८मा १५ करोड ८६ लाख खर्च भएको प्रतिवेदनमा उल्लेख छ । विगतमा घोषणा भएमध्यो १७६ मानपदवी,३६ अलंकार र ६२ पदकसमेत २७४ विभूण वितरण नभइ मौज्दात रहेकाले उपयोगमा ल्याउन मिल्ने विभूषणको व्यवस्थापन गर्नुपर्ने महालेखा परीक्षकले औंल्याएको छ ।
विभूषण तयार गर्न लाग्ने लागत बर्सेनि बढ्दै गएकाले लागतमा कमी ल्याउने र विभूषित हुने संख्या निश्चित गरी खर्चमा नियन्त्रण गर्नेुपर्ने महालेखाको सुझाव छ । विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई सरकारले प्रत्येक वर्ष विभूषित गर्दै आएको छ ।