काठमाडौँ – नेकपा (एमाले)का नेता महेश बस्नेतले रास्वपाका सभापति रवि लामिछानेले चुनाव हार्ने बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले लामिछानेको नक्कली राष्ट्रवाद, अवसरवाद बुझेका चितवनका जनताले चुनावमा हराउने बताएका हुन् ।
उनले भने, चितवन २ का जनता नक्कली राष्ट्रवाद, अवसरवादी चरित्र, पब्लिक कन्जम्शनका लागि गरिने कुराबाट चितवन २ मुक्त हुन्छ। त्यहाँ नेकपा एमाले र काँग्रेसबीच प्रतिस्पर्धा हुन्छ। युवाहरूबीच पपुलर व्यक्ति रामप्रसाद न्यौपानेलाई हामीले उठाएका छौँ। युवाहरूलाई राजनीतिमा ल्याउनु पर्छ भन्ने मान्यता छ। चितवनका जनताले रविलाई जिताउँदैनन्।’
रविले मयूरको प्वाँख लगाएर जनतालाई झुक्याउने काम गरेको र चितवनका जनताले त्यो कुरा बुझिसकेको उनको भनाइ थियो ।
उक्त निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवार रामप्रसाद न्यौपानेले चुनाव जित्ने सम्भावना बढी रहेको उनले बताए। उक्त चुनावमा एमाले र काँग्रेसबीच प्रतिस्पर्धा हुने उनको भनाइ छ ।