कास्की – पोखराको सेती नदीको खोचमा खसेकी बालिकाको साढे दुई घण्टापछि उद्धार भएको छ ।
शनिबार दिउँसो खेल्दै गर्दा खोचमा खसेकी पोखरा–८ नागढुङ्गाकी १२ वर्षीया स्मृति पराजुलीको प्रहरीले उद्धार गरेको हो । उनी अचेत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय रामबजारका इन्स्पेक्टर माधव केसीका अनुसार स्मृतिसहित तीन जना साथी मिलेर सेती खोँचमा खेल्न गएका थिए ।
पोखरा–१५ मा रहेको हरियो खर्कको खेलमैदानमा जाँदै गर्दा सेती नदी नजिकैको खोचमा खसेकी उनको उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।
Facebook Comments Box