धनगढीः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन्। नेपाली कांग्रेसका सांसद एनपी साउदलाई आज परराष्ट्रमन्त्रीमा शपथ गराउने तयारी भएको छ। शपथग्रहण दिउँसो तीन बजे राखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
कांग्रेसको भागमा परेको परराष्ट्र मन्त्रालयमा साउदलाई जिम्मा दिइएको हो। शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री दाहाललाई सुदूरपश्चिमका एनपी साउदको नाम सिफारिस गरेका थिए।
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी गर्न परराष्ट्रमन्त्री तत्काल आवश्यक भएपछि आज सांसद साउदको शपथग्रहण गराउन लागिएको हो।
कांग्रेसको भागका अन्य चार मन्त्रीको शपथग्रहण भने उपचुनावपछि हुने बताइएको छ। प्रधानमन्त्रीको भारत भ्रमण वैशाख दोस्रो साताभित्रै हुँदै छ।
Facebook Comments Box