काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीहरूले पदभार ग्रहण गरेका छन् ।
आज (आइतबार) गत चैत २८ र २९ गते काठमाडौँमा सम्पन्न अधिवेशनबाट निर्वाचित महासङ्घका अध्यक्ष चन्द्र ढकाल र वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारीहरूले पदभार ग्रहण गरेका हुन् ।
वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान अनुसार ढकाल अध्यक्ष बनेका थिए ।
Facebook Comments Box