काठमाडौँ- मेन्छियाम हाइड्रोपावरको आइपीओ आज सोमबारदेखि सर्वसाधारणका लागि बिक्री खुला भएको छ । कम्पनीले आज वैशाख ४ गतेदेखि १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता आइपीओ जारी गरेको हो ।
यो मध्ये यस कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ जारी गरिसकेको छ। त्यस्तै, ५% अर्थात् ५६ हजार ९९ कित्ता सामूहिक लगानी कोष र २% अर्थात् २२ हजार ४३९ कित्ता कर्मचारीका लागि छुट्याइएको छ ।
बाँकी ९ लाख ३४ हजार ९१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा वैशाख ७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख १९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।
Facebook Comments Box