काठमाडौँ – सोमबार नेपाल राष्ट्र बैंकले २४ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने तयारी गरेको छ । बैंकका अनुसार २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कूल २४ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बोलकबोल गरिने छ ।
इच्छुक खरिदकर्ताले आज दिउँसो ३ बजेभित्र तोकेको अनलाइन ठेगानामा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
यद्यपि, कूल ट्रेजरीमध्ये १५ अर्ब २० करोड रुपैयाँ पुरानो नवीकरण गरेर बाँकी रहेको ९ अर्ब ५० करोड रुपैयाँ नयाँ बिक्री गर्ने केन्द्रीय बैंकको भनाई छ ।
Facebook Comments Box