धनगढी – सुदूरपश्चिम प्रदेशका १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा आरटी पीसीआर र एन्टिजेन विधिबाट ४१५ जनाको परीक्षण गरिएकोमा १५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
उनीहरु मध्ये १० जना एन्टिजेन र ५ जनामा पीसीआर विधिबाट संक्रमण देखिएको हो । अन्य ३९८ जनाको रिर्पोट भने नेगेटिभ आएको छ । स्वास्थ्य निर्देशनालयकाअनुसार ४ जना संक्रमण मुक्त भएर अस्पतालबाट घर फर्किएका छन् ।
कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको विवरण भने कुनै पनि जिल्लाबाट प्राप्त भएको छैन । केही महिना कोरोना संक्रमणदर शून्यमा रहेको सुदूरपश्चिममा पछिल्लो समय भने संक्रमित देखिन थालेका छन् ।
Facebook Comments Box