कैलाली जिल्लास्थित १३ वटा स्थानीय तहहरुको बेरुजु रकम २ अर्ब ६५ करोडभन्दा बढी देखिएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ प्रतिवेदन अनुसार सो बेरुजु देखिएको हो ।
स्थानीय तहमा स्रोत साधनको प्रक्षेपण यथार्थ नभएको, दरबन्दीअनुसार कर्मचारी पदपूर्ति नभएको, गत वर्षको बेरुजु असुली नभएको, अनुगमन प्रणाली राम्रो नभएको, वितरणमुखी कार्यक्रम बढी भएको र आन्तरिक लेखा नियन्त्रण प्रणाली कमजोर भएको औंल्याएको छ ।
स्थानीय तहमा कार्यरत कर्मचारी र जनप्रतिनिधिले अवलम्बन गर्न नसक्दा बेथिति बढ्दै गएको महालेखा परीक्षककले बताएको छ । प्रतिवेदन अनुसार सबैभन्दा बढी घोडाघोडी नगरपालिकाको र सबैभन्दा कम बेरुजु बर्दगोरिया गाउँपालिकाको देखिएको छ ।
कुन पालिकाको कति बेरुजु ?
१. धनगढी उपमहानगरपालिकाको हालसम्म (अद्यावधिक)को कुल बेरुजु ३४ करोड ८८ लाख ४१ हजार
२. घोडाघोडी नगरपालिकाको हालसम्मको कुल बेरुजु ४३ करोड ७७ लाख ७ हजार
३. गोदावरी नगरपालिकाको हालसम्मको कुल बेरुजु ३९ करोड ८८ लाख ९६ हजार
४. टीकापुर नगरपालिकाको हालसम्मको कुल बेरुजु २१ करोड ९९ लाख २७ हजार
५. लम्की चुहा नगरपालिकाको हालसम्मको कुल बेरुजु २८ करोड ९६ लाख ५६ हजार
६. गौरीगंगा नगरपालिकाको हालसम्मको कुल बेरुजु १९ करोड ११ लाख ६८ हजार
७. भजनी नगरपालिका भजनी नगरपालिकाको १९ करोड ४४ लाख ५६ हजार
८. महोन्याल गाउँपालिकाको हालसम्मको कुल बेरुजु १२ करोड २२ लाख ६१ हजार
९. कैलारी गाउँपालिकाको हालसम्मको कुल बेरुजु ९ करोड १७ लाख २ हजार
१०. जोशीपुर गाउँपालिकाको हालसम्मको कुल बेरुजु ७ करोड ३६ लाख १९ हजार
११. जानकी गाउँपालिकाको हालसम्मको कुल बेरुजु १५ करोड ५५ लाख १३ हजार
१२. चुरे गाउँपालिकाको हालसम्मको कुल बेरुजु ८ करोड ७२ लाख ४७ हजार,
१३. बर्दगोरिया गाउँपालिकाको हालसम्मको कुल बेरुजु ७ करोड १२ लाख ३५ हजार