धनगढी: नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालासँग नेकपा माओवादी केन्द्रका नेता तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री ओम विक्रम भाट सरलले भेटवार्ता गरेका छन्। आज धनगढीमा भएको भेटवार्तामा उनीहरुबीच समसामयिक विषयवस्तुमा कुराकानी भएको बताइएको छ।
स्रोतका अनुसार सरलले शेखरलाई सुदूरपश्चिममा स्वागत गर्दै सुदूरपश्चिमका समस्याहरुबारे छलफल गरेका थिए। जसमा हिजो बाजुरामा गएको भुकम्पबारे संघीय सरकार र प्रदेश सरकारको गैरजिम्मेवार रवैयाका कारण राहत नपाएको पिडित अलपत्र रहेको सम्बन्धमा सरकारसंग आवस्यक पहल गरिदिन आग्रह गरिएको थियो।
यस्तै सरलले दशरथ चन्द राष्ट्रिय चिकित्सा विश्वविद्यालय कांग्रेसकै कारण अगाडि बढ्न नसकेकोहुँदा यसलाई अगाडि बढाउन भुमिका निर्वाह गरिदिन आग्रह गरेको बताइन्छ।
त्यसैगरी सुख्खाबन्दरगाह, विकास, शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेका समस्याहरुबारे पन छलफल भएको बुझिएको छ। केही दिनदेखि शेखर सुदूरपश्चिम भ्रमणमा छन्।