काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा रामकृष्ण पण्डित र लेखापढी व्यवसायी सुभाष चन्द्र लाल कर्णविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वरमा कार्यरत नायब सुब्बा पण्डित र भू-सेवा केन्द्र जलेश्वरका कार्यरत कर्णविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।
सुब्बा पण्डितले जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको अख्तियारले जनाएको छ । उनले दाखिला खारेज गरी जग्गाधनी पुर्जासमेत दिलाइदिने प्रयोजनको लागि सेवाग्राहीसँग नौ हजार घुस लिएर लेखापढी व्यवसायी कर्णलाई राख्न दिई भ्रष्टाचारजन्य कसुर गरेको अख्तियारको ठहर छ ।
Facebook Comments Box