काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उपेन्द्र यादव मधेसको अधिकारका लागि लड्ने सच्चा नेता भएको दाबी गरेका छन् ।
बिहीबार बारामा भएको उपनिर्वाचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यादव मधेसको लागि लड्ने नेता भन्दै तारिफ समेत गरे ।
आफू र उपेन्द्र यादव एउटै मन्त्रिपरिषदमा बसेर काम गरेको र यादवले सधैँ मधेसको अधिकारका लागि आफूसँग झगडा गरेको देउवाको भनाई छ ।
उनले उपेन्द्रलाई जिताएर जनताको सेवा गर्ने अवसर दिन आग्रह गर्दै पाँचवर्षे कार्यकाल हेर्न र चित्त नबुझे अर्को चुनावबाट विकल्पमा सोच्न समेत उनले आग्रह गरेका छन् ।
Facebook Comments Box