एक जना सुब्बा ९ हजार रकममा र्याल चुहाउँदा अख्तियारको फन्दामा परेका छन् । भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीको जलेश्वरमा नायब सुब्बा रामकृष्ण पंडितले एक जना सेवाग्राहीसँग ९ हजार रुपैंया घुस खाएका कारण अख्तियारले उनीविरुद्ध अभियोग पत्र दायर गरेको छ ।
अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्धामा नासु पण्डित र लेखापढी व्यवसायीले सेवाग्राहीबाट ९ हजार घुस लिएको पुष्टि भएका कारण विशेष अदालतमा मुद्दा दायर गरेको उल्लेख गरिएको छ ।
भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीको जलेश्वरमा नायब सुब्बा रामकृष्ण पंडित र लेखापढी व्यवसायी शुभाष चन्द्रलाल कर्णले जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग घुस रिसवत लिएको पुष्टि भएपछि अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
घुस मागेको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले पंडित र लेखापढी व्यवसायी कर्णलाई सेवाग्राहीबाट नौ हजार घुस लिइसकेको २०७९ फागुन १८ गते नियन्त्रणमा लिएको थियो ।
अख्तियारले मुख्य कसुरदार पण्डित र लाल मतियार भएको भन्दै अख्तियारमा मुद्दा दायर गरेको हो ।