काठमाडौँ – मनकामना केबलकारको सेवा बन्द हुने भएको छ ।
आउँदो वैशाख १० गते चितवन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुन लागेकाले सेवा बन्द गर्न लागिएको हो ।
मतदानको दिन मनकामना केबलबार सञ्चालन हुँदा भिड बढ्ने र सुरक्षा संवेदनशील बढ्ने हुँदा उक्त दिन बन्द रहने मनकामना दर्शन प्रा.लि.ले जनाएको छ ।
उक्त जिल्लाको कुरिनटारबाट गोरखा जिल्लाको प्रसिद्ध शक्तिपीठ जाने गर्दछन् ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार उपनिर्वाचनलाई लक्षित गरी केबलकार सेवा बन्द गर्न लागिएको हो ।
Facebook Comments Box