विराटनगर – विराटनगरमा प्रदेशको पुनः नामकरण गर्न माग गर्दै आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडिको बाटोलाई निषेधित क्षेत्र तोकेर प्रहरीले आवतजावतमा रोक लगाएपछि झडप भएको हो ।
पहिचानको आधारमा प्रदेशको पुन: नामकरण माग गर्दै आन्दोलनरत पक्ष र प्रहरीबीच भएको झडपमा मुख्यमन्त्री कार्यालयदेखि २०० मिटर उत्तरमा पर्ने सडकमा झडप हुँदा प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको छ ।
प्रदेशको नाम कोशी राखेको विरोधमा भइरहेको आन्दोलनका क्रममा ५ चैतमा घाइते भई १० चैतमा मृत्यु भएका पदम लिम्बुको शव श्रद्धाञ्जलीका लागि शनिबार धरानबाट विराटनगर ल्याइएको छ ।
Facebook Comments Box