धनगढीः प्रभु बैंकका ग्राहकले सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरको ओपिडी परीक्षण सेवामा १५ प्रतिशत छुट पाउने छन्। प्रभु र धनगढीको कैलालीस्थित सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरबीच समझदारी भएपछि उक्त छुट उपलब्ध गराउन लागिएको बताइएको छ।
बैंकको धनगढीस्थित शाखा कार्यालयका प्रमुख नगेन्द्ररत्न कोइराला र हस्पिटलका अध्यक्ष दिनेशराज जैसीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। जसअनुसार बैंकका ग्राहकले हस्पिटलद्वारा सञ्चालित ओपिडी परीक्षण सेवामा १५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ। यसका साथै प्याथोलोजी, एक्सरे, युएसजी, एन्डोस्कोपी, नर्मल बेड, एचडीयु बेड, एसी क्याबिन, सर्जरी, कोलोनोस्कोपी, आइसीयु÷एनआइसीयु सेवामा १० प्रतिशत र फार्मेसीबाट ५ प्रतिशत छुट पाउन सक्नेछन्।
बैंकले छुट सुविधा उपभोगका लागि प्रभुको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानल प्रयोग गरेर भुक्तानी गर्नुपर्ने छ।