काठमाडौं – स्वास्थ्य मन्त्रालयले आजदेखि हरेक शुक्रबार डेङ्गु नियन्त्रणका लागि दस मिनेट नामक अभियान सुरु गरेको छ। गत वर्ष नेपालमा डेंगी संक्रमण हालसम्मकै अत्याधिक भएको थियो। यस वर्ष पनि डेंगीका बिरामी बढ्न सक्ने सम्भावित मौसमपूर्व नै संक्रमण बढ्दै गरेको अवस्था छ। त्यसैले उक्त अभियान थालिएको मन्त्रालयले जनाएको छ।
उक्त अभियान आज शुक्रबारदेखि हरेक शुक्रबार बिहान साढे दश बजे दश मिनेट संचालन गरी सबै सरकारी तथा सार्वजनिक कार्यालयहरुले आफ्नो कार्यालय हाताभित्र र वरपर सबै कर्मचारी सहभागी भई सरसफाई अभियान अनिवार्य गर्नुपर्ने बताइएको छ।
Facebook Comments Box