काठमाडौँ – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
शुक्रबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई शपथ गराएका हुन् । नेपाली काँग्रेस संसदीय दलका नेतासमेत रहेका पाण्डे बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
पाण्डेलाई काँग्रेसका २७, माओवादी केन्द्रका सात र दीपक मनाङेको समर्थन छ ।
Facebook Comments Box