काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन्।
शुक्रबार होटेल व्यवसायी महासङ्घ र पर्यटन बोर्डद्वारा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले यस्तो बताएका हुन् ।
मन्त्री किरातीले लामिछानेलाई जनताले लोकप्रिय मत दिएकाले उनलाई रोजेको मन्त्रालय दिन प्रधानमन्त्री तयार हुनुपर्ने बताएका हुन्।
त्यसका लागि आफू जुनसुकै त्याग गर्न पनि तयार रहेको मन्त्री किरातीको भनाई छ ।
Facebook Comments Box